बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


सिन्धुली – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका-३ घर भएका ४२ वर्षीय हरि बिक लाम्कादेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ चैत २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ लाख ४१ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले सिन्धुली हरिहरपुरगढी गाउँपालिका-३ स्थित बनौलिमा फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुली पठाइएकोमा अदालतको आदेशले कारागार कार्यालय सिन्धुली पठाइएको ईलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ ।

प्रतिक्रिया