लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको २२७ सदस्यीय नयाँ कमिटी चयन


दाङ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले २ सय २७ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गरेको छ ।

प्रदेश राजधानी भालुवाङमा शनिवार र आइतवार भएको प्रदेश सम्मेलनबाट २२७ सदस्यीय समिति निर्विरोध भएको हो ।

प्रदेश कमिटी चयन गरेपनि सम्मेलनबाट पदाधिकारी भने चयन भएको छैन ।

कुल २५३ प्रदेश समितिमा बाँकी रहेका सदस्यहरू प्रदेश कमिटीले मनोनयन गर्ने छन् ।

प्रतिक्रिया