प्रचण्डलाई दिपकराजको प्रश्न- कमरेड तपाईंको लगानी कहाँ छ ?


काठमाडौं – कलाकार दिपकराज गिरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालैको एक अभिव्यक्तिप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

प्रचण्डले हालै शेयरबजार सामान्तीहरुको बजार हो भन्ने अभिव्यक्ति दिएपछि गिरीले उनको उक्त भनाईप्रति सामाजिक सञ्जालमार्फत् असन्तुष्टी व्यक्त गरेका हुन् ।

दिपकराज गिरीले भनेका छन्, प्लिज कमरेड भनिदिनु पर्यो, तपाईँको लगानी कहाँ छ ?’ उनी अगाडि लेख्छन्, ‘कि विदेशी बैंकमै लागेर राखौं त कमरेड ?’

उनी लेख्छन्,

आज म लेख्दैछू …..

१)प्रचन्ड कमरेडको पूरानो महावाणी –

बुर्जुवा शिक्षा सामन्तीहरूको शिक्षा हो !

यति भन्नाले धेरै मानिस अनपढ नै रहे र अहिले पनि पछुताइ रहेका छन् !

उहॉकै कतिपय कार्यकर्ताहरू अहिले बूढेसकालमा स्कूल गएर त्यहि छुटेको पूरानो शिक्षा पढिरहेका छन् !

२) अहिले फेरी एक्कासी नयॉ महावाणी आयो

शेयर बजार सामन्तीहरूको बजार हो !!!

तपाइले भने जस्तै कतिपय ले कल कारखाना पनि नखोल्या हो र कमरेड ?तर अनावश्यक रूपमा तपाइहरू ले यूनिएनहरू गठन गरेर हडताल गराइ गराइ साहुजी हरूकै बाह्र बजाएर उठिवास नै लगाइयो नि होइन र कमरेड?

अब आफ्नै कुरा गरौ

फिल्म हल खोलौ भनेको त्यों फ़िल्म पनि बिलासिता मै पर्ला कि नपर्ला ?

सामन्तीहरूको लिष्ट मै परिएर भोलि फेरी अप्ठेरो पर्ला भनेर सोधेको!

कि ब्यूटी पार्लर खोलौ?

हुनत धनाढ्यका बूढीहरू , छोरीहरू जाने ठॉउ त्यो पनि पक्कै सामन्तबादी लगानि नै साबित होला ?

अब के मा लगानि गरौ त?

अब ती खाइ नखाइ गरेर लहैलहै मा भएपनि लागेर ४७ लाख डिम्याट खाता खोलेका

नव सामन्तहरूलाइ के गर्ने त कमरेड ?

आफ्नो कमाइ लाइ कॉहा लगाउने त ?

ताकि हाम्रो लगानी सामन्तबादी लगानी नहोस !

प्लिज कमरेड भनिदिनु पर्यो!

तपाइको लगानि कॉहा छ ?

कि त्यहि लगानि गर्न पनि प्रेरित गरिदिनु पर्यो ,

मलाइ तसामन्त हुने मन फिटिक्कै छैन के गर्ने होला ? …,,,,कि यसो गरौ

बिदेशी बैकमै लागेर लागेर राखौ त कमरेड ?

त्यसो गर्दा कसो होला ?

जे जसरी हुन्छ मलाइ सामन्त हुन बाट बचाउनुस कमरेड म हातै जोड्छू!

म लगायत थुप्रै जनताले जय गॉउने छन कमरेड!

लाल सलाम!!!

प्रतिक्रिया