कांग्रेस महाधिवेशन स्थलमा पत्रकारहरुको विरोध


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।

नेपाली कांग्रेसको काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनको मतदान स्थलमा पत्रकारमाथि प्रहरीले हातपात गरेपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन्।

महाधिवेशनको समाचार संकलनमा पुगेका पत्रकारमाथि प्रहरीले हातपात गरेका थिए। कांग्रेसको विज्ञप्ति नआएसम्म क्यामरा डाउन हुने पत्रकारहरूले बताएका छन्।

 

प्रतिक्रिया