सभापतिमा मेरो उम्मेदवारी दर्ता हुन्छः विमलेन्द्र निधि


काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। पूर्ण टीम बनाएर उम्मेदवारी दिने तयारीमा जुटेको निधिले बताए।

शनिबार बिहान अनलाइनन्युज७ सँगको कुराकानीमा उनले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गर्दै छु। दिउँसो ३ बजेपछि मेरो उम्मेदवारी दर्ता हुन्छ। मेरो उम्मेदवारी दिने कुरा पक्का हो।’

आफ्नो टिमबाट महामन्त्रीको उम्मेदवारका लागि पनि साथीहरुसँग छलफल गरिरहेको बताउँदै निधिले भने, ‘पुरै टीम दिने कि खाली पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको छ। साथीहरुसँग निरन्तर छलफल छु।’

शनिबार विहान १० बजेबाट साँझ ५ बनेसम्म उम्मेदवारी दर्ता कार्यक्रम छ। संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा र निधि दुई जना सभापतिका उम्मेदवार भन्ने निश्चित भएको छ।

प्रतिक्रिया