कांग्रेस महाधिवेशनमा पुगे प्रचण्ड र नेपाल, ओली आउँदै


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।

राजधानीको भृकुटीमण्डपमा जारी महाधिवेशनको उद्घाटन कार्यक्रममा देशभित्र र विभिन्न मुलुकका प्रतिनिधिहरुको उपस्थिति हुने क्रम जारी रहेको छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यसअघि नै पुगिसकेका छन् । त्यस्तै रापपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन पनि उपस्थित भइसकेका छन् ।

अहिलेसम्म नेकपा एमाले अध्यक्ष केपी ओली भने आईनसकेको जनाइएको छ ।

प्रतिक्रिया