२२ लाख जरिवाना सुनाइएका फरार ‘डाँका’ पक्राउ


काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौँले चोरी मुद्दका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका १३ घर भइ काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्‍दै आएका ३८ वर्षीय कुमार भन्‍ने तेजबहादुर मगर रहेका छन् ।

काठमाडौं जिल्ला अदालतले २०७३ चैत १७ गते ल्‍यापटप चोरी मुद्धामा उनीविरुद्ध २२ लाख ११ हजार ९६० रुपैयाँ जरिवाना सुनाएको प्रहरीले जनाएको छ । मगरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा  उपस्थित गराइएको महानगरीय परिसरले जनाएको छ ।

यसअघि पनि उनी डाँका मुद्धामा ८ वर्ष कैद भुक्तानी गरी जेलमुक्त भएको प्रहरीले उल्लेख गरेको  छ।

प्रतिक्रिया