
कांग्रेस महाधिवेशनः बाग्मती प्रदेश सभापतिका लागि केसी र बानियाँबीच पुनः मतदान हुने
हेटौंडा – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत बागमती प्रदेशको सभापतिमा पुनः मतदान हुने भएको छ ।
शनिबार अबेर सम्पन्न मतदानपछि गरिएको मतगणनामा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत ल्याउन नसकेपछि आज (आइतबार) पुनः मतदान हुने भएको हो ।
तीन जना उम्मेदवा रहेको प्रदेश सभापतिका लागि इन्द्र बानियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधानबीच प्रतिस्पर्धा भएको थियो ।
बानियाँले ९९२ मत ल्याएका छन् भने केसीले ८७२ मत ल्याएका छन् । त्यस्तै प्रधानले १९७ मत ल्याएका छन् । अब बानियाँ र केसीबीच पुनः मतदान हुने भएको हो ।



कागजपत्र |
