
राप्रपा महामन्त्रीमा रेखा थापा पराजित
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँग पराजित भएकी हुन् ।
अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवार भएकी थापा पराजित भएकी हुन् ।
आज घोषित मत परिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । नायिकासमेत रहेकी रेखाले १६४० भोट ल्याएकी छन् ।



कागजपत्र |
