राप्रपामा नयाँ नेतृत्व आए फुटको चरण अन्त्य हुन्छ : लिङ्देन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्गदेनले राप्रपामा अब फोड्‍ने नभई जोड्ने काम मात्रै बाँकी रहेको बताएका छन् ।

शुक्रबार भृकुटीमण्डपस्थित निर्वाचन कार्यालय पुगेर अध्‍यक्षमा उम्मेदवारी दर्तापछि आफू अध्यक्षमा विजयी भए पार्टीबाट गुटको अन्त्य गर्ने बताउँदैउनले भने, ‘ म विजयी भएमा राप्रपामा सबै गुटको अन्त्य हुन्छ । गुटको शमूल नै अन्त्य हुन्छ ।’

नेता लिङ्देनले भने, ‘राप्रपामा नयाँ नेतृत्व आए फुटको चरण अन्त्य हुन्छ। अब मात्र जोड्‍ने काम बाँकी रहन्छ ।’

उनले देशभर राप्रपा सकिँदै जाँदा झापामा क्रियाशील सदस्‍यता धेरै रहेको दाबी गर्दै अब देशभरि नै राप्रपाको शक्तिशाली हुने बताए । उनले राप्रपामा नयाँ नेतृत्व आए ६ महीनाभित्र देशको प्रमुख शक्ति बन्‍ने दाबी गरे ।

प्रतिक्रिया