
राष्ट्रिय हितका लागि सबै दलहरु मिलेर अघि बढ्नुपर्छः प्रधानमन्त्री देउवा
काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितका पक्षमा सबै दलहरू मिलेर अगाडि जानुपर्ने बताएका छन्।
काठमाडौंमा सुरु भएको राप्रपाको महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय मुद्दाका विषयमा आगामी दिनमा पनि सबै दल एक भएर अगाडि जानुपर्ने बताए।
‘राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अगाडि बढ्नुको विकल्प नै छैन’, प्रधानमन्त्री देउवाले भने। पार्टीका मूल्य र मान्यताहरु फरक भए पनि राष्ट्रिय मुद्दाका विषयमा भने सबै दलहरु एक भएर अघि बढ्न देउवाले आह्वान गरे ।
प्रधानमन्त्री देउवाले महाधिवेशनको पूर्ण सफलताको शुभकामना पनि दिएका छन्।



कागजपत्र |
