सीपी मैनालीलाई प्रचण्डले दिए ब्यांग्यात्मक बधाई


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष हुने तयारी गरेको भन्दै ब्यंग्यात्मक ढंगले बधाई दिएका छन् ।

राप्रपाको महाधिवेशन उद्घाटन शत्रमा प्रचण्ड भन्दा अगाडि मन्तव्य राखेका मैनालीले देशभक्तिको मामिलामा राजा महेन्द्रको योगदान सह्राहनीय रहेको भनेपछि प्रचण्डले उनीमाथि व्यंग्य गर्दै भने- ‘उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ कि जस्तो लाग्यो, साँच्चै त्यसो हो भने सीपीजीलाई बधाइ छ’ उनले भने ।

मैनालीले विगतमा सशस्त्र आन्दोलन (झापा बिद्रोह) गरेको स्मरण गर्दै प्रचण्डले अहिले भने उनको भाषा फेरिएको देख्दा अचम्ममा परेको बताए । तर आफूले भने त्यस्तो भाषामा कुरा गर्न नसक्ने उनले बताए ।

प्रतिक्रिया