अध्यक्षका लागि भीम रावलले दर्ता गराए उम्मेदवारी


काठमाडौँ – नेकपा एमालेको अध्यक्ष पदका लागि उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

हिजै फारम लिएका उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सौराहामा जारी १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमवार बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरू भएको छ ।
पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । बिहान ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिने छ ।

 

प्रतिक्रिया