कांग्रेस काठमाडौं सभापतिमा सबुज बानियाँ विजयी


काठमाडौं – नेपाली कांग्रेस काठमाडौंको जिल्ला सभापतिमा सबुज बानियाँ विजयी भएका छन्। बानियाँलाई कांग्रेस नेता प्रकाशमान सिंह र गगन थापा पक्षले समर्थन गरेका थिए।

प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८६८ मतले हराउँदै बानियाँ जिल्ला सभापति निर्वाचित भएका हुन्। बानियाँले १९५७ र कार्कीले १०८९ मत पाएका छन्।

कार्कीलाई शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो। उनीहरु प्यानलसहित प्रतिस्पर्धामा होमिएका थिए। निर्वाचनमा बानियाँ नेतृत्वको प्यानल नै विजयी भएको छ।

त्यसैगरी कांग्रेसको काठमाडौं जिल्ला उपसभापतिमा गोकर्ण केसी र राजकुमारी नकर्मी विजयी भएका छन्। केसीले १९२२ र नकर्मीले १८२९ मत पाएका छन्।

सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा प्रा. डा. अमिता प्रधान र रोमलाल श्रेष्ठ विजयी भएका छन्।

प्रतिक्रिया