अस्ट्रेलिया र भारतमा पनि ओमिक्रोन भेरिएन्ट फेला, नेपाल उच्च जोखिममा


काठमाडाैं – अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन्।

पूर्वी राज्य न्यु साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएका छन् ।

भारतमा पनि फेला, नेपाल उच्च जोखिममा

दक्षिण अफ्रिकामा पत्ता लागेर युरोपेली देश तथा हङकङ लगायत देशमा फैलिएको कोरोनाको ओमिक्रोन भेरिएन्ट भारतमा पनि फेला परेको छ । तीव्र संक्रामक र घातक देखिएको यो भेरिएन्टले थप त्रास सृजना गरेको छ । नेपालसँगको खुल्ला सिमानाको कारण भारतमा देखिएको उक्त नयाँ भेरिएन्टबाट नेपाल पनि उच्च जोखिममा परेको छ ।

नयाँ भेरिएन्ट देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय हवाइ उडानको समीक्षा गर्न र नियन्त्रणका लागि कडाइ गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि पुनः हवाइ उडानमा कडाइ गर्नुपर्ने बताएका छन् ।

यो नयाँ भेरिएन्टको संक्रमण भएमा हाल प्रचलनमा रहेका कोरोना विरुद्धका खोपले समेत काम नगर्नसक्ने बताइएको छ, तर यसबारे थप अनुसन्धान हुन बाँकी छ ।

प्रतिक्रिया