
रूपन्देहीमा गृहमन्त्रीका भाइ कांग्रेस सभापतिमा सर्वसम्मत
काठमाडौं – नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मतरूपमा चयन भएका छन्। पार्टीको आसन्न १४औँ महाधिवेशनअन्तर्गत खाँण सभापतिमा सर्वसम्मत छानिएका हुन्।
सभापतिमा निर्वाचित खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन्।
सभापतिमा चयन भएका खाँण यसअघि जिल्ला सचिव थिए। जिल्ला कार्यसमितिको उपसभापतिमा डा. अनिता ढुङ्गाना शाह र थानेश्वर घिमिरे निर्विरोध चयन भएका छन्।
उपसभापतिमा दीर्घराज काफ्लेले उम्मदवारी फिर्ता लिएपछि दुवै जना निर्विरोध छानिएका हुन्। यसैगरी सचिवमा हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा वासुदेव रिमाल र विष्णु थापा सर्वसम्मत चयन भएका छन्।
जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार सचिवमा उम्मेदवारी दिएका हरिप्रसाद न्यौपाने र सहसचिवमा उम्मेदवारी दिएका बालकृष्ण पौडेलले उम्मेदवारी फिर्ता लिएपछि दुवै पदमा सर्वसम्मती भएको हो।
जिल्ला सदस्य पनि सर्वसम्मत चयन गरिएको छ।



कागजपत्र |
