३२ वर्षे कविरः जो बने काठमाडौं-२ का क्षेत्रीय सभापति


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा युवा नेतृत्वले भूमिका पाउने क्रम बढेको छ । महाधिवेशन प्रतिनिधिमा मात्र होइन वडादेखि क्षेत्र र जिल्ला समितिमा पनि थुप्रै युवाहरू निर्वाचित भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा ३२ वर्षका कविर शर्मा क्षेत्रीय सभापति निर्वाचित भएका छन् ।

कांग्रेस संस्थापन समूहका शर्माले संस्थापानइतरसमूहका उमेदवार अर्जुन पराजुलीलाई पराजित गरे ।

काठमाडौंमा संस्थापन समूह अरू क्षेत्रमा कमजोर देखिएका बेला शर्माले पराजुलीलाई पराजित गर्दै क्षेत्रीय सभापति बन्न सफल भएका हुन्।

संस्थापन समूहबाट काठमाडौं जिल्ला सभापतिका दाबेदार उपेन्द्र कार्कीको बलियो समर्थन पाएपछि शर्मालाई जित सहज बनेको हो ।

शर्माले अब काठमाडौं २ को संगठनलाई थप सशक्त बनाउने र आउँदो निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउने कुरामा आफ्नो जोड रहने बताए ।

त्रिचन्द्र क्याम्पसमा स्ववियू सदस्य बनिसकेका शर्मा स्थानीय निर्वाचनमा वडा अध्यक्षका प्रत्यासीसमेत थिए ।

प्रतिक्रिया