
ओखलढुंगा कांग्रेस सभापतिमा खनाल
ओखलढुंगा – नेपाली कांग्रेस ओखलढुंगा सभापतिमा तेजेन्द्र खनाल विजयी भएका छन् । संस्थापन पक्षका उम्मेदवार खनालले बालकृष्ण दाहाललाई पराजित गर्दै ओखलढुंगा कांग्रेसको नेतृत्वमा पुगेका हुन ।
खनालले ७ सय १ मत ल्याउँदा दाहालले ६ सय ११ मत पाए ।
उपसभापतिमा कमल तामाङ र नवराज केसी निर्वाचित भएका छन् । सचिवमा अजय लुइँटेल र राजकुमार ढुंगाना तथा सहसचिवमा उज्जन बुढाथोकी र भोजकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।



कागजपत्र |
