
एमाले अध्यक्ष ओली आजै चितवन आउँदै
चितवन – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औं महाधिवेशन उद्घााटनका लागि आज भरतपुर आउने भएका छन् ।
अध्यक्ष ओली आज विहान ११ बजे चितवन आइपुगेपछि केहि कार्यक्रममा समेत सहभागी हुनेछन् ।
एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गर्ने कार्यक्रममा ओलीले सम्बोधन गर्ने समेत कार्यक्रम रहेको छ । यसअघि पार्टी सचिव योगेश भट्टराई र मूल आयोजक समितिका संयोजक सुरेन्द्र पाण्डे आइपुगिसकेका छन् । भट्टराईले भरतपुर विमानस्थलबाटै फेरि सचिवका लागि उम्मेदवारी घोषणा गरेका थिए ।
भोलिदेखि तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन आयोजना हुँदैछ । शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ ।



कागजपत्र |
