फेरि जुट्यो साझा र विवेकशील, पार्टीको नाम ‘विवेकशील साझा’ (एकीकरण घोषणापत्रसहित)


काठमाडौं– वैकल्पिक राजनीतिक धारमा उभिएको मान्दै आएका दुईवटा पार्टी साझा र विवेकशील नेपाली दल फेरि जुटेका छन्।

अलग भएको २२ महिनापछि साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा बुधबार हस्ताक्षर गरेका छन्।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ । एकीकृत पार्टीको अध्यक्ष मिश्र र संयोजक पाण्डे हुन् । १३० सदस्यीय केन्द्रीय समितिमा समान संख्या छ। २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको गरिएको छ।

पार्टी एकीकरण घोषणापत्र पढ्नुहोस्

प्रतिक्रिया