सरकारबाट प्रहरी कर्मचारीले पाउने अंक खारेज


काठमाडौं – सरकारले दिने विभूषण, तक्मा र अलंकार वापत प्रहरी कर्मचारीले पाउने अंक खारेज हुने भएको छ ।

कार्यसम्पादन मूल्यांकनमा अंक जोडिने भएकाले विभूषण लिन अस्वस्थ प्रतिष्पर्धा बढेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालय, नक्सालले विभूषण वापतको अंक खारेज गर्ने प्रस्ताव गृह मन्त्रालयमा लगेको थियो ।

त्यसअनुसार गृहले यसवापत पाइने २ अंक हटाउने गरी प्रहरी नियमवाली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो ।

विभूषणवापत अंक पाइने भएपछि प्रहरी प्रधान कार्यालयभन्दा बाहिरबाट शक्ति लगाएर विभूषण दिने प्रवृत्ति प्रहरीमा पछिल्लो समय बढेको थियो ।

मन्त्रिपरिषद्‌मा तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल बढाउन दुई दर्जा थप्ने प्रस्ताव पनि निर्णायार्थ पेश हुँदैछ ।

प्रतिक्रिया