

प्रचण्डलाई स्वागत गर्न नगरपालिकामा सार्वजनिक बिदा!

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न महोत्तरीको रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।
नगरपालिकाभित्रमा नवनिर्मित स्वास्थ्य संस्था उद्घाटनको लागि प्रचण्ड महोत्तरी जाने भएपछि स्वागतको लागि बुधबार एक दिनको बिदा दिइएको हो।
नगरपालिकाका मेयर अशोककुमार मण्डलले जारी गरिएको विज्ञप्तिमा अध्यक्ष प्रचण्डको स्वागतका लागि मंसिर १ गते बुधबार सार्वजनिक बिदाको घोषणा गरिएको छ।
नगरपालिकाले सार्वजनिक बिदा दिएपछि सामाजिक सञ्चालनमा प्रचण्ड र मेयर मण्डलको चर्को आलोचना भएको छ।
प्रचण्डले मध्यान्ह १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको खुल्ला सभालाई सम्बोधन गर्ने छन्।

