

ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिए

एजेन्सी – फिफा विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेलेका छन्। बुधबार बिहान भएको खेलमा ब्राजिल र अर्जेन्टिना गोलरहित बराबरी खेलेका हुन्।
स्टार फरवार्ड नेयमारबिना उत्रिएको ब्राजिलले कप्तान लिओनेल मेस्सीसहितको अर्जेन्टिनालाई रोक्न सफल भयो।
अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले पाएको केही राम्रा मौकालाई सदुपयोग गर्न सकेन। अर्जेन्टिनाले बल पोजिसनमा पकड जमाएपनि ब्राजिलको डिफेन्सलाई तोड्न सकेन।
यो बराबरीसँगै अर्जेन्टिनाले विश्वकपमा छनोट हुने अवसर गुमाएको छ। यस खेलमा अर्जेन्टिनाले जित हासिल गरेको भए विश्वकपमा छनोट हुने थियो।
अब अर्जेन्टिनाले जनवरीमा हुने छनोटको खेलपछि मात्र विश्वकप भविष्य पक्का गर्नेछ। अर्जेन्टिना छनोटमा भने सुदृढ अवस्थामा छ। ब्राजिल भने यसअघि नै विश्वकपमा छनोट भइसकेको छ। अब दक्षिण अमेरिकीबाट बाँकी ३ टोली छनोट हुन बाँकी छ।
ब्राजिलले १३ खेलमा ३५ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ। १३ खेलबाट २९ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ।

