कोरियाबाट फर्केकाहरु पुनः जानको लागि फारम खुल्दै, पुसमा भाषा परीक्षा


काठमाडौं – कोरियाबाट रोजगारी गरी फर्केकाहरुले पुनः कोरिया जानको लागि भाषा परीक्षा दिन पाउने भएका छन् ।

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियाबाट काम गरी वैधानिक तरिकाले फर्केका श्रमिकलाई पुनः कामदारको रुपमा पठाउन भाषा परीक्षा हुन लागेको हो ।

इच्छुक व्यक्तिहरुलाई मंसिर ६ गतेदेखि ८ गतेसम्म अनलाइन आवेदन फारम भर्न समेत ईपिएस कोरिया शाखा ग्वार्कोले जनाएको छ । एकपटक भाषा पास गरेर कोरियामा काम गरेर फर्किएकाहरुले फेरी भाषा परीक्षा उत्तिर्ण गर्नुपर्छ ।

आवेदन दर्ता गरिसकेपछि मंसिर २४ गते परीक्षा तालिका घोषणा गर्ने र पुस १ गतेदेखि ७ गतेसम्म परीक्षा सञ्चालन गर्ने शाखाले जनाएको छ । जनवरी २०२२ मा परीक्षाको नतिजा प्रकाशन गर्ने भएको छ ।

प्रतिक्रिया