एक सातामै ६.९ अर्ब डलरको ‘टेस्ला स्टक’ बिक्री


काठमाडौं – विश्वकै सर्वाधिक धनी इलन मस्कले एक सातामै ६.९ अर्ब अमेरिकी डलर बराबरको टेस्लाको सेयर बिक्री गरेका छन् । मस्कले शुक्रबार मात्रै १.२ अर्ब डलर बराबरको टेस्ला सेयर बिक्री गरेका थिए ।

उक्त सेयरसहित गत साता कुल ६.९ अर्ब डलर बराबरको टेस्लाको सेयर बिक्री गरेका हुन् । झण्डै ७ अर्ब डलरको सेयर बिक्री गरेपनि मस्कको स्वामित्वमा अझै १६ करोड ६० लाख कित्ता टेस्लाको सेयर रहेको छ ।

‘टेस्ला’ का प्रमुख कार्यकारी अधिकृत मस्कले स्टक अप्सनसँग सम्बन्धित कर तिर्नका लागि पनि केही सेयरहरु बिक्री गरेको बताइएको छ । मस्कले बिक्री गरेपछि टेस्लाको सेयर भाउमा पनि गिरावट आएको छ ।

गत साता टेस्लाको भाउ १५.४% ले घटेको थियो ।एक सातामा देखिएको उक्त गिरावट २० महिना यताकै उच्च हो । यद्दपि, यस वर्षको सुरुवातको तुलनामा टेस्लाको भाउ अझै ४६% माथि छ । नोभेम्बर ४ मा टेस्लाको भाउ हालसम्मकै उच्च १२ सय २९ डलरसम्म पुगेको थियो । एजेन्सी

प्रतिक्रिया