थापाथलीबाट एयर गनसहित युवक पक्राउ


काठमाडौं – काठमाडौंको थापाथलीबाट एयर गनसहित एकजना युवक पक्राउ परेका छन्। प्क्राउ पर्नेमा कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथ रहेका छन्।

काठमाडौं महानगरपालिका-११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका नाथलाई १ थान एयर गनसहित शनिबार साँझ महानगरीय प्रहरी प्रभाग कोटेश्वरले पक्राउ गरेको हो।

नाथले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया