

एमाले महाधिवेशन प्रतिनिधि छनोट : हालसम्म १३७ जना सर्वसम्मतिबाट चयन (सुचीसहित)

काठमाडौं – आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि देशभर प्रतिनिधि छनोट गर्ने क्रम जारी छ ।
यसै क्रममा अहिलेसम्म ९ जिल्ला र एउटा प्रदेश कमिटीबाट गरेर सर्वसम्मतिले १३७ जना महाधिवेशन प्रतिनिधि छानिइसकेको एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।
थापाका अनुसार अहिलेसम्म छानिएका महाधिवेशन प्रतिनिधि यी हुन्:
रोल्पाबाट
खुला – कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली ।
महिला – जुनमाया बुढा र इश्वरी जीएम।
दलित – रिमा नेपाली ।
जम्मा – ७ जना ।
सल्यानबाट
खुला – गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल ।
महिला – पुष्पाकुमारी बोहोरा र सञ्चिताकुमारी ओली बीसी ।
दलित – जनक विक ।
जम्मा – ८ जना ।
दोलखाबाट
खुला – ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल,नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी, भरत केसी, जीवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा ।
महिला – शान्ति पाख्रिन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ ।
दलित – सुन्दर लामीछाने र टेक घतानी ।
जम्मा – २३ जना ।
मकवानपुरबाट
खुला – कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल विष्ट, फुर्वा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र विष्णुप्रसाद ढकाल ।
महिला – जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले ।
दलित – नारायण गजमेर ।
जम्मा – १७ जना ।
म्याग्दीबाट
खुला – हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले ।
महिला – नरदेवी पुन र थमसरा पुन ।
दलित – पुष्कर विक र खरमाया बिटालु ।
जम्मा – ९ जना ।
बागलुङबाट
खुला – इन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हीराबहादुर केसी, मोहननलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल ।
महिला – सावित्रा राना, गीता शर्मा र यमुना राना ।
दलित – देवकुमार नेपाली र धनबहादुर परियार।
जम्मा – १२ जना ।
अर्घाखाँचीबाट
खुला – चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशीराम आचार्य र खगीश्वर पन्थी ।
महिला – जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र विष्णुमाया आचार्य ।
दलित – भोजबहादुर गन्धर्व, लीलबहादुर विक र शिवकला विक ।
जम्मा – १६ जना ।
गण्डकी प्रदेश कमिटीबाट
खुला – सोभियत ढकाल, माधव बाँस्तोला र लीला राना ।
महिला – पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ ।
जम्मा – ५ जना ।
कपिलवस्तुबाट
खुला – विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी,बाबुराम खनाल ।
महिला – शान्ति पाण्डे, प्रभा पौडेल र लक्ष्मी बुढाथोकी न्यौपाने ।
दलित – शान्तिदेवी चमार ।
जम्मा – १३ जना
क्षेत्र नं ३ बाँकी ।
कास्कीबाट
खुला – दामोदर वैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल, भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल, विष्णुबहादुर केसी, जगन्नाथ बाँस्तोला, पुष्पज्योति ढुङाना, विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल, वेदबहादुर गुरुङ श्याम, दिलीप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर ।
महिला – विद्या भट्टराई अधिकारी, प्रभा कोइराला, मञ्जु गुरुङ, शोभा,बराल पहारी, सुशीला पराजुली र सन्तुदेवी सुवेदी ।
जम्मा – २७ जना ।
दलित बाँकी ।
रुपन्देहीमा प्रतिनिधि छनोट सर्वसम्मत हुन सकेन
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बन्नका लागि रुपन्देहीमा आकांक्षीहरू निर्धारित संख्याभन्दा तीन गुणा धेरै भएपछि अधिकांश क्षेत्रमा निर्वाचन हुने भएको छ ।
पाँच वटा संघीय निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नं ४ बाहेक अन्य चारवटा क्षेत्रमा आवश्यक संख्याभन्दा तीनगुणा बढी आकांक्षी देखिएपछि केन्द्रीय नेतृत्वले भने जस्तो सर्बसम्मत प्रतिनिधि छनोट हुन नसकेको हो ।

