‘न्यायलयमा भएको विवादबारे गठबन्धनको साझा धारणा छिट्टै आउँछ’


काठमाडौं – न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन्।

माओवादी केन्द्र भोजपुरले शुक्रवार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन्।

‘न्यायालय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वोच्च अदालतभित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझा धारणा छिट्टै बाहिर ल्याउँछौँ,’ उनले भने।

अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म नै जाने बताउँदै उनले आवश्यक परे चुनाव पछाडिसम्म पनि जान सकिने बताए। सकेसम्म एकै पटक तीनै तहको चुनाव गर्न सके चुनावमा हुने खर्चसमेत जोगिने उनको भनाइ छ।

प्रतिक्रिया