
प्रकाशमान सिंह दिल्ली गए
काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह दिल्ली गएका छन्। सिंह बाँकेको नेपालगञ्जबाट लखनउ हुँदै दिल्लीतर्फ लागेका हुन्।
स्रोतका अनुसार पार्टीको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका सिंह नेपालगञ्जबाट रुपैडिया नाका हुँदै लखनउबाट दिल्लीतर्फ लागेका हुन्।
बिहीबार सिंह बर्दियामा आयोजित पार्टीको कार्यक्रममा सहभागि हुन पुगेका थिए। सोही क्रममा त्यतैबाट सिंह दिल्ली गएका हुन्।
सिंहको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भ्रमणका दौरानमा सिंहले केही भारतीय नेताहरुसँग भेटघाट गर्ने स्रोतले जनायो।
सिंहको भारत भ्रमणबारे उनको सचिवालयले पुष्टि गरेपनि निजी कामको लागि गएको दावी गरेको छ। सिंह आज वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बैठकमा समेत उपस्थित भएका थिएनन्।



कागजपत्र |
