नेपाल प्रहरीका डिएसपी तिमल्सिनाको निधन


काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिमल्सिनाको निधन भएको छ।

तिमल्सिनाको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा निधन भएको हो।

अस्पताल स्रोतका अनुसार निमोनियाबाट ग्रसित तिमल्सिनाको शुक्रबार बिहान ५ बजे उपचारको क्रममा निधन भएको हो।

४३ वर्षीय तिमल्सिनालाई केही दिनअघि मात्रै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

पछिल्लो समय तिमल्सिना इलाका प्रहरी कार्यालय कन्चपुर, सप्तरीमा कार्यरत थिए।

प्रतिक्रिया