गोरखामा १५ केजी चरेससहित चारजना पक्राउ


काठमाडौं – गोरखा प्रहरीले एक महिलासहित चार जनालाई १५ केजी चरेससहित पक्राउ गरेको छ। अजिरकोट गाँउपालिका–५ अस्थाई प्रहरी बिट, चनौटेबाट खटिएको टोलीले चेकजाँचको क्रममा ४ जनासहित चरेस बरामद गरेको हो।

पक्राउ पर्नेहरुमा गोरखा लाप्राकका ४३ वर्षीया कोपिला गुरुङ, छेबेटारका ३७ वर्षीय लालबहादुर तामाङ, ३३ वर्षीय छमेन तामाङ र जिप चालक सोही ठाँउका ३० वर्षीय प्रविण श्रेष्ठ रहेका छन्।

गएराति १ बजे सवारीसाधन चेकजाँच गर्ने क्रममा बा २० च ९३ ३२ नम्बरको जीपलाई चेकजाँच गर्दा १५ केजी चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी प्मुख एसपी शेखर खनालले जानकारी दिए।

एसपी खनालका अनुसार इलाका प्रहरी कार्यालय, जौबारीको टोलीले चनौटेबाट बरामद चरेससहित पक्राउ परेका मानिसहरुलाई जिल्ला ल्याइरहेका छन्। बरामद चरेस के प्रायेजनाको लागि उनीहरुले लिएर हिँडेको थप अनुसन्धानबाट खुल्ने खनालले बताए।

उनीहरुमाथि कानुनी प्रक्रिया पूरा आवश्यक अनुसन्धान हुन् प्रहरीले जनाएको छ।

प्रतिक्रिया