
मोतीपुर घटनाका मृतकलाई ५ लाख ५० हजार सहयोग दिने सरकारको निर्णय
काठमाडौं – सरकारले गत असोज २४ मा घटेको बुटवल मोतिपुर औद्योगिक क्षेत्रको घटनामा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकमा उक्त घटनामा ज्यान गुमाएका चार जनालाई प्रतिमृतक ५ लाख राहत र ५० हजार किरियाखर्च उपलब्ध गराउने निर्णय भएको हो ।
२४ असोजमा एक समूहले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । उक्त अवसरमा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए ।
यसअघि लुम्बिनी प्रदेश सरकारले मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने समेत जनाएको थियो ।



कागजपत्र |
