माओवादी केन्द्रले तोक्यो जिल्ला संयोजक (सूचीसहित)


काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकेको छ।

माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो।

धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादवलाई तोकेको छ।

त्यस्तै, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाहलाई तोकेको छ।

हेर्नुहोस् को कहाँ तोकिए?

प्रतिक्रिया