साउदीमा कामदार भिसामा गएर व्यापार गरेमा ३० लाख जरिवाना


काठमाडौं – साउदी अरबले कामदारको भिसामा आएर कम्पनी बाहेक व्यक्तिगत फाइदाका लागि काम गरे १ लाख साउदी रियल करिब ३० लाख रूपैयाँ जरिवाना गर्ने भएको छ ।

साउदी अरबको पासपोर्ट निर्देशनालय (जवाजात)ले रोजगार भिसामा आएर व्यक्तिगत फाइदाका लागि व्यापार वा अन्य काम गर्ने प्रवृत्ति बढेपछि यस्तो चेतावनी दिएको हो ।

(साउदी टाईजेशन) अर्थात रोजगारी व्यापारका काममा स्थानीय साउदी नागरिकलाई प्राथमिकता दिने नीति लिएको साउदी अरबले आप्रवासी कामदार घटाउँदै लैजाने बताएको छ ।

सोही अनुसार आप्रवासीलाई भिसामा तोकिए बाहेकको काममा सीमित गराउन थालेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । साउदी सरकारले व्यक्तिगत फाइदाका लागि काम गर्ने आप्रवासीलाई गर्ने जरिवाना रकममा पनि वृद्धि गरेकोे छ ।

साउदी प्रेस एजेन्सीलाई उदृत गर्दै गल्फ न्युजले नियम उल्लंघन गरेकोे ठहरिएका व्यक्तिहरूलाई पाँच वर्षका लागि रोजगारीमा प्रतिबन्ध गर्ने र दोषी रोजगारदाता कम्पनी विदेशी भएको अवस्थामा देश निकालासम्मको कारबाही हुने उल्लेख गरेको छ ।

यसअघि रहेको ५० हजार रियाल जरिवानालाई दोब्बर बनाई १ लाख रियालसम्म जरिवाना गर्ने र रोजगारदाता कम्पनीलाई ५ वर्षसम्म कुनै विदेशी नयाँ कामदार ल्याउन नपाउने गरी प्रतिबन्ध लगाइने बताएको छ ।

प्रतिक्रिया