प्रधानसेनापति शर्मा कात्तिक २३ मा भारत जाने


काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा आउँदो कात्तिक २३ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

नेपाल र भारतका सेनापतिहरु एक अर्को देशको मानार्थ सेनापति रहने प्रचलनअनुसार शर्मा भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न ग्रहणका लागि भारत भ्रमणमा जान लागेका हुन्। उनले भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट त्यहाँको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्राप्त गर्नेछन्।

प्रधानसेनापतिको भारत भ्रमणका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ। शर्मा कात्तिक २६ मा फर्कनेछन्। भ्रमणका क्रममा द्विपक्षीय हितका अन्य विषयमा समेत छलफल हुने सैनिक स्रोतले जनाएको छ।

प्रतिक्रिया