भक्तपुरबाट जुवातास खेल्ने र खेलाउने चार जना पक्राउ


भक्तपुर – मध्यरातमा जुवा तास खेलिरहेका चार जनालाई भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

भक्तपुर नगरपालिका-७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खायमलीको जस्ताको टहरामा सञ्चालित किराना पसलमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले गए राती उनीहरूलाई पक्राउ गर्नाका साथै  ६९ हजार ७५० बरामद गरेको हो ।

पक्राउ पर्नेमा जुवा तास खेलाउने खायमलीसहित सोही ठाउँका ४५ वर्षीय बलराम ग्वाछा, ३६ वर्षीय प्रवीन ग्वाछा र ४९ वर्षीय रविन श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

पक्राउ परेका सबैलाई जगातीस्थित महानगरीय प्रहरी वृत्त राखेर कारबाही अघि बढाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया