जिल्ला अदालतले जन्मकैद गरेका संजय टक्लालाई उच्चले तोक्यो ११ बर्ष जेल


काठमाडौं– जनकपुर बम प्रकरण र हत्या अभियोगमा जिल्ला अदालत धनुषाले जन्मकैद गरेका पूर्वराज्यमन्त्री संजय साह (टक्ला)लाई उच्च अदालतले ११ बर्षको जेल सजाय तोकेको छ।

२० बर्ष कैदको मागदाबी भए पनि धनुषामा ५ जनाको ज्यान जानेगरी टक्लाको प्रत्यक्ष संलग्नता नदेखेको भन्दै उच्च अदालतले सजाय घटाएको हो।

जिल्ला अदालतको फैसलाअनुसार ज्यानमार्ने उद्योगको कसुर सदर गरे पनि सजाय घटाइएको हो।

उच्च अदालतका न्यायाधीशद्वय धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले साहलाई ११ वर्षको कैद सजायको फैसला गरेको हो ।

१८ वैशाख २०६९ मा मिथिला राज्यको माग गर्दै जनकपुरधामस्थित रमानन्द चोकमा धर्ना बसेकालाई लक्षित गरी शक्तिशाली बम विस्फोट हुँदा ५ जनाको मृत्यु र ३२ जना घाइते भएका थिए। त्यसका मुख्य योजनाकार टक्ला नै थिए।

जनकपुरका सञ्चार उद्यमी अरुणकुमार सिंघानिया हत्यामा पनि टक्लालाई धनुषा अदालतले जन्मकैदको फैसला तोकिसकेको छ। उनी अहिले नख्खु कारागारमा छन्।

प्रतिक्रिया