जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ७४ जना पक्राउ   


काठमाडौं – पर्वत, जलजला गाउँपालिका-३ मल्लाज माझफाट बस्ने कृष्ण बरुवालको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय मोहन जिसी लगायत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ६ सय ९० रुपैयाँ र तास सहित  पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-१ मिलन टोल बस्ने ओम ढकालको घरबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय भिम लाल शर्मा लगायत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ३ सय ८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-४ गल्ली नम्बर ५ मा बस्ने ३५ वर्षीय बुद्धि सागर शर्माको बिलियड स्नोकर एण्ड पुल एसोसियसनमा तास खेलिरहेको अवस्थामा शर्मा लगायत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त एसोसियसनमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ७ सय ११ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा रोल्पा रून्टीगढी गाउँपालिका बस्ने ४३ वर्षीय रूपलाल बिक लगायत २० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ६४ हजार ८ सय ८१ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

बर्दिया, गुलरिया नगरपालिका-७ गुलरियागाउँ बस्ने रमेश यादवको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय रमेश यादव लगायत ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ उनीहरुलाई नगद १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

कैलाली, बर्दगोरिया गाउँपालिका-६ पृथ्वीपुरस्थित कच्ची घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-५ बस्ने ३६ वर्षीय शुनिल चौधरी लगायत १८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ उनीहरुलाई नगद १ लाख ८० हहार ७ सय ५० रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया