सुडानमा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री, सार्वभौम परिषद् चुनिने: अल-बुर्हान


सुडान – सुडानका सशस्त्र बलका कमान्डर -इन-चीफ अब्देल फताह अल-बुर्हानले सुडानमा नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् केही दिन भित्र चुनिने बताएका छन् ।

प्रधानमन्त्रीको निर्वाचन र सार्वभौम परिषद्का सदस्यहरूको नियुक्तिको समयबारे अल-बुर्हानले स्पुतनिकलाई भने, मलाई आशा छ केही दिन वा एक हप्ता भित्र नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् चुनिने छ ।

सुडानी सेनाले गत सोमबार बिहान प्रधानमन्त्री अब्दल्ला हामडोक र सरकारका अन्य सदस्यहरूलाई हिरासतमा लिएको छ । सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अल-बुर्हानले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै आपत्कालीन अवस्थाको चर्चा गर्दै सरकार विघटन गर्ने घोषणा गरेका छन्।

मंगलबार हाम्डोक र उनकी श्रीमती राजधानी स्थित निवास फर्किएको जनाइएको छ।

प्रतिक्रिया