नेपाल बार परिसरमै वकिलद्वारा वकिल नै कुटिएपछि…


काठमाडौं – नेपाल बार एसोसिएसन परिसरमा एक कानुन व्यवसायीले अर्का कानुन व्यवसायीलाई कुटेका छन् । नेपाल बारको रामशाहस्थित भवनबाहिर शुक्रबार कानुन व्यवसायी विराट न्यौपानेले अधिवक्ता भूमिनन्द चुडाललाई हातपात गरेका हुन् ।

हातपातमा चुडालको कोट पनि च्यातिएको जनाइएको छ । चुडालले आफूमाथि न्याैपानेले हातपात गरेको भन्दै कानुनी उपचारका लागि जाने बताएका छन् ।

चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । ‘मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले,’ उनले भने, ‘मेरो कोट पनि च्यातिएको छ । बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु ।’

नेपाल बार एसोसिएसन कार्यसमितिको बैठक भित्र बसिरहेको समयमा बाहिर यस्तो घटना भएको हो ।

प्रतिक्रिया