नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु


लागोस – नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता यहाँका डाँकु तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ । यहाँको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो ।

समाचारअनुसार सो कारबाहीका क्रममा अरु कैयौँ डाँकुलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ । १४ देखि प्रायः तस्कर र डाँकुहरूले दुःख दिने गरेको नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सो कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीकारअनुसार त्यस क्षेत्रमा यहाँको प्रहरीले अक्टोबर १४ तारिखदेखि यस्तो कारबाही गरेको हो । पत्रकार सम्मेलनका क्रममा यहाँको सेना तथा प्रहरीको संयुक्त फोर्सका तर्फबाट कुनै स्थानमा सेना तथा प्रहरी समेतको कारबाहीका क्रममा ती डाँकुहरू मारिएका हुन् ।

प्रतिक्रिया