बाग्मती प्रदेश आर्थिक मामिला मन्त्रीमा कुमारी मोक्तान


हेटौंडा – बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी कुमारी मोक्तानलाई दिइने भएको छ । निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको दाबी पेश गरेका राजेन्द्र पाण्डेले मोक्तानलाई उक्त जिम्मेवारी दिने भएका हुन् ।

निवर्तमान मुख्यमन्त्री शाक्यले राजीनामा दिएपछि बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि आज ३ बजेसम्मका लागि दाबी पेश गर्नका लागि समय तोकिएको थियो ।

उक्त समयभित्रै नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले दाबी पेश गरेका छन् । पाण्डेले चार दलका एक÷एक जना मन्त्रीसहित सपथ लिने तयारी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया