होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा


काठमाडौं – नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘होण्डाको फेस्टिभ बोनान्जा’ योजना अन्तर्गत पहिलो विजेता घोषणा गरेको छ। दशैँ, तिहार र छठलाई लक्षित गर्दै ल्याइएको योजनाको विजेता लक्की ड्र मार्फत छानिएको हो।

बुटवलको ड्राइभ वे व्हिलस् प्रालिबाट डब्लूआरभी–एसभीएमटी खरीद गरेका सञ्जय नेपालले लक्की ड्रमार्फत रु. ३ लाख ५० हजार नगद प्राप्त गरेका हुन्। यस योजना अन्तर्गत ग्राहकले २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि निःशुल्क बीमा, सडक दस्तुर लगायत सुविधा पाउँछन्।

त्यस्तै, ३ वर्षसम्मको लागि निःशुल्क सर्भिसिङ, स्पेयर पार्टस्मा ७ प्रतिशत छुटको सुविधा पनि रहेको छ। यसका साथै हरेक १५ दिनमा एक जना ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्नेछन्।

प्रतिक्रिया