नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङ अध्यक्षमा कटवाल चयन


खोटाङ – नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको अध्यक्षमा टंक कटवाल चयन भएका छन् ।

संगठनको शनिबार सम्पन्न १२औं जिल्ला अधिवेशनबाट कटवाल सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् ।

संगठनको उपाध्यक्षमा ईश्वरकुमार लम्साल र सर्मिला राई (लिम्बू), सचिवमा नविन चाम्लिङ, सहसचिवमा निर्मला कार्की, कोषाध्यक्षमा दुर्वाशा भट्टराई र सहकोषाध्यक्षमा मञ्जु आचार्य अधिकारी चयन भएका छन् ।

अधिवेशनले मनकाजी राई, सविता ढकाल, कृष्णप्रसाद अधिकारी र केशरकुमार राईलाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।

अधिवेशन नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मा र प्रतिनिधिसभा सदस्य एवं एमालेका प्रमुख सचेतक विशाल भट्टराईले शुक्रबार उद्घाटन गरेका थिए ।

 

प्रतिक्रिया