डीएसपी खड्का दरबारमार्ग इञ्चार्ज, गुण्डा नाइकेलाई सहयोग गरेको अभियोग थियो


काठमाडौं– धादिङका गुण्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको अभियोग लागेपछि गजुरीबाट तानिएका प्रहरी नायव उपरिक्षक (डीएसपी) विश्वराज खड्कालाई दरबारमार्ग वृत्तको जिम्मेवारी दिइएको छ।

नेपाली कांग्रेसको दबाबमा प्रहरी प्रधान कार्यालयले डीएसपी खड्कालाई दरबारमार्गको इञ्चार्जका रुपमा काज सरुवा गरेको हो। यसअघि उनले बालाजु वृत्तको इञ्चार्ज पनि चलाइसकेका छन्।

यसैगरी इलाका प्रहरी कार्यालय बुटवलको इञ्चार्जमा डीएसपी ठगबहादुर केसीलाई पठाइएको छ। त्यहाँ रहेका डीएसपी मदन कुँवर विवादमा तानिएपछि उनलाई हटाइएको छ।

प्रतिक्रिया