बाढी, पहिरो र डुबानमा फसेका विदेशी नागरिकलाई उद्धार गर्न गृहमन्त्री खाणको निर्देशन


काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षातपछि आएको बाढी पहिरो र भएको डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई यथाशक्य उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

गृहमन्त्री खाणले बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई विपद्मा फसेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका हुन्।

‘लगातारको वर्षात्पछि आएको बाढी पहिरो र भएको डुबानमा परेका नेपाली नागरिकहरूको खोजी, उद्धार, पुनःस्थापना र राहत वितरणमा यहाँहरू निरन्तर लागिरहनुभएको छ।

अब नेपाल भ्रमणमा आएका र मुलुकको विभिन्न स्थानमा पुगेका विदेशी नागरिक/पर्यटक बाढी पहिरो र डुबानमा परेका खबरहरू आइरहेका छन्। उनीहररूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला,’ गृहमन्त्री खाणले निर्देशनका क्रममा भने।

प्रतिक्रिया