

‘ताससम्म खेलेको हो, जुवा नै चाहिँ होइन’

सुनील बज्राचार्य र ईश्वर लामा उर्फ निर्णय।
काठमाडौं – भक्तपुर गठ्ठाघरका सुनील बज्राचार्य र ईश्वर लामा उर्फ निर्णयले गत शनिबार राति मदिराले लठ्ठ पारेर एक व्यक्तिलाई जुवा खेलाएर फसाएको अनलाइनन्युज७ को समाचारप्रति उनीहरुले खण्डन गरेका छन्।
आइतबार अनलाइनन्युज७ मा ‘यस्तो छ अवैध जुवाबाट पैसा असुल्ने तरिका, गुण्डा नाइकेदेखि प्रहरीकै संरक्षण!’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। समाचारमा उनीहरुले भक्तपुरका अवाल थरका एक जग्गा व्यवसायीलाई फसाएको कुरा उल्लेख थियो।
तर उनीहरुले सोमबार खण्डन गर्दै ताससम्म खेलेको कुरा सत्य भएपनि जुवा नै भनेको नखेलेको बताएका छन्। उनीहरुले भनेका छन्, ‘निराधार समाचारको सिकार भए दुई समाजसेवी तथा व्यव्यसायी रोशन लामा र सुनिल बज्राचार्य।’
केहि रकम हारेपछि अवाल नाम गर्ने जग्गा व्यवसायीले समाजसेवी रोशन लामा र सुनिल बज्राचार्यको फोटो हालेर गलत समाचार सम्प्रेषण गरेको उनीहरुको आरोप छ।
त्यतिमात्र होइन अवाल आफूहरुको मिल्ने साथी समेत भएको उनीहरुको दावी छ। पैसा हारेपछि ज्यान मार्ने धम्कि दिएको भन्दै झुटो आरोप लगाएका अवाल अहिले सम्पर्कमा आउन नमानेको उनीहरुको भनाइ छ।
यस्तो छ उनीहरुले गरेको खण्डन
समाजसेवी तथा युवा व्यवसायी रोशन लामा र सुनिल बज्राचार्य दसैंको समयमा अआफ्नो घरमै थियो। दशै भनेपछि पाहुना आउने र जाने क्रम चलिरहेको थियो। त्यहिबेला चिनजानको अवाल भन्ने जग्गा व्यवसायी साथीको कल आउँछ।
रोशन लामा घरमै परिवारको साथमा दसैं मानिरहेको नै थियो। चिनजानको साथीले रोशन कहाँ हो भन्दै कल गर्छ। रोशन लामाले घरमा हो भनेपछि कल गर्ने अवाल साथीले भन्छ रोशन सुनिलको घरमा जाम। त्यतै खाजा खाम्ला रमाइलो गरेर दसैं मनाउला भन्छन्। र साथीले भनेपछि रोशनले कुरा काट्न सक्दैन र हुन्छ भनिदिन्छ।
त्यसपछि साथीकोमा जाने भेटघाट पनि हुने भनेपछि रोशन आफ्नो घरबाट निस्किन्छ। केहि समयपछि गठ्ठाघर चोकमा पुग्छ र रोशनभन्दा केहि मिनेट अगाडि कल गर्ने अवाल भन्ने जग्गा व्यवसायी गठ्ठाघर चोकमा पुगिसकेको हुन्छ।
स्थानीय युवा व्यवसायी तथा कलाकार सुनिल बज्राचार्यको घरमा पुग्ने बेला सुनिल छक्क पर्छ र सुनिल खुसी हुँदै बसम भनेर हात मिलाउँछन्।
अनि सबै हालखबर सोध्दै केहि समय बितेपछि तासको कुरा आउँछ। अनि टाइमपास भन्दै सबैले खेल्ने निर्णय गर्छ र घरमा बच्चाहरुले खेलेर पुरानो भएको तास भेट्छ र त्यहि तास झिकेर खेल्न थाल्छन्।
साथीभाइ सानो खेल भनेर खेल्दै जाने क्रममा हारजित हुन पुग्छ र त्यसै क्रममा केहि रकम हारेपछि अवाल नाम गर्ने जग्गा व्यवसायीले समाजसेवी रोशन लामा र सुनिल बज्राचार्यको फोटो हालेर गलत समाचार सम्प्रेषण गर्छ।
र, मिल्ने साथीहरु भएकोले ज्यान मार्ने धम्की दिएको भन्दै झुटो आरोप समेत व्यवसायीद्वयलाई लगाएर अहिले अवाल सम्पर्कमा आउन मानेका छैनन्।

