भारत र नेपालबीचको पहिलो हाफ गोलरहित बराबरी


काठमाडौं – साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ।

माल्दिभ्सको मालेस्थित नेसनल फुटबल स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलका लागि निरन्तर प्रयास गरे पनि स्पष्ट मौका भने सिर्जन गर्सन सफल भएनन्।

वर्षाका कारण खेलाडीलाई बल नियन्त्रणमा कठिनाई हुँदा भारतले तुलानात्मक रुपमा बढी आक्रमण गरेको छ। नेपालले पनि केहि अवसर सिर्जना गरेपनि सदुपयोग भने हुन सकेको छैन।

खेलको चौथो मिनेटमा नै नेपालका कप्तान किरण चेम्जोङले दोहोरो बचाउ गर्दै खेल गोलरहित राखे । यासिर मोहमदको पेनाल्टी क्षेत्र बाहिरको प्रहारलाई पहिलो पटकमा विफल पारेका किरणले रिबाउन्डमा अनिरुद्ध थापाको वन भर्सेस वनको प्रहारलाई उत्कृष्ट ढंगले बचाए।

त्यसपछि लगत्तै अर्कोतर्फ नेपालको काउन्टरमा नवयुग श्रेष्ठको अन्तिम प्रहार आकासियो। १४ औं मिनेटमा भारतको लगातार आक्रमणलाई नेपाली डिफेन्सले गोल हुन दिएन।

आजको खेलमा गोलरक्षकमा कप्तान किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेलेका छन्। मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन्।

प्रतिक्रिया