पूर्वम्यानपावर व्यावसायी श्रममन्त्री किसान श्रेष्ठको कति छ सम्पत्ति?


काठमाडौं– पूर्वम्यानपावर व्यावसायी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार (किसान) श्रेष्ठको मनग्गे सम्पत्ति रहेको खुलेको छ। वैधानिक रुपमा रहेको सम्पत्ति विवरण उनले सार्वजनिक गरेका हुन्। उनको पत्नीका नाममा पनि विभिन्न बैंकमा रकम मौज्दात रहेको देखिएको छ। उनीसँग ७० तोला सुन रहेको खुलाएका छन्।

दाइजोमा मात्र २० तोला सुन आएको उनले जारी गरेको विवरणमा उल्लेख छ। काठमाडौंका तीन ठाउँमा जग्गा रहेको उल्लेख छ। काठमाडौँ महानगरपालिका–९ मा कित्ता नम्बर ११४, ०–८–०–०, काठमाडौँ–३ मा कित्ता नम्बर १०८, ४२९.१४, काठमाडौँ–१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०–८–३–३ क्षेत्रफल जग्गा छन्। सबैको मूल्य जोड्दा ५ करोड बढि हुन आउँछ।

काठमाडौंमा दुईवटा घर रहेका श्रेष्ठको धापासीमा ७ तल्ले भवन रहेको छ। उनको बस्ने घरचाहिँ साढे दुई तलाको उल्लेख छ।

दुई करोड १७ लाख, २५ हजार बराबरको सेयर लगानी, २० वटा व्यावसायिक कम्पनीहरुमा१४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेको उल्लेख छ।

प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिभिल बैंक, एभरेष्ट बैंक र नेपाल बङ्गलादेश बैंकमा श्रेष्ठको नाममा तथा उनकी पत्नीका नाममा ग्लोबल आइएमई, एनएमबी र नबिल बैंकमा खाता छन्।

पछिल्लो समय एमाले परित्याग गरी माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीमा मन्त्री पदका निम्ति नै श्रेष्ठ लागेको बताइन्छ। त्यसअघि उनी एमालेमा केपी शर्मा ओलीका कट्टर समर्थक थिए।

प्रतिक्रिया