रूपन्देहीको मोतीपुरमा कर्फ्यु आज पनि जारी


भैरहवा – रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी छ ।

गत आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएपछि थप झडप हुने भयले स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको हो ।

आईतबार झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जना मध्ये ४ जनाको मृत्यु भएको हो । घाइते १ जनाको अवस्था गम्भीर छ ।

मृतकहरु मध्ये कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको छ भने ३ जनाको अझै पहिचान खुल्न सकेको छैन । झडपमा नेपाल प्रहरीका १६ जना र ससस्त्र प्रहरीका १५ जना घाइते भएका छन् ।

घाइते प्रहरीमध्ये ६ जनाको काठमाडौंमा भईरहेको छ । सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।

प्रतिक्रिया